हुम्ला, चैत ६ : हुम्ला घट्दो क्रममा खेतीपाती हुँदै आएका रैथाने बालीको संरक्षण कार्यक्रम लागु भएको छ । खेतीलाई बृद्धि गर्न ती रैथाने बालीको हालको अबस्था पत्ता लगाएर खेती गर्न किसानलाई उत्साहित गर्न यो कार्यक्रम लागु भएको हो ।
हाल किसानले घट्दो क्रममा खेती गर्दै आउनु भएका छ वटा हुम्लाका रैथाने बालीको संरक्षण कार्यक्रम लागु भएको कृषि बिकास कार्यालयका सुचना अधिकारी धमेन्द्र अधिकारीले बताउनुभयो । महंङ्गो मुल्यमा बिक्री हुने यी रैथाने बाली संरक्षण तथा अभिलेखीकरणका लागि सात वटै गाउँपालिका छनौट भएर कार्यक्रम लागु भएको उहाँले बताउनुभयो ।
किसानहरुले खेती गर्न कम गर्नु भएका हुम्ला रैथानेहरुमा फापर, चिनो, जौ, उवा, कागुनो र लट्टे रहेका छन् । यसका लागि कार्यक्रमले खेती लगाउने क्षेत्र र उत्पादनको अबस्था बिष्लेषण गरेर खेती गर्न किसानलाई प्रोत्साहन गर्ने र उत्पादन भएरको अन्नलाई बजारीकरण गर्न पनि सहयोग गर्ने उहाँले बताउनुभयो । रैथाने बालीको खेती गरेर यसको बजारीकरण गर्र्ने बाताबरण तयार गरि किसानको आम्दानीको श्रोत बृद्धि गरिने भएको छ । यसका लागि पहिलो चरणमा रैथाने बालीको बीउ संकलन गरेर बिकानलाई बितरण पनि गरिने उहाँले बताउनुभयो । यसका लागि कार्यालयले पचास लाख बजेट बिनियोजित गरेर कार्यक्रमका लागि खर्च गर्ने तयारी गरेको छ ।