काठमाडौं, चैत्त ४ : सुनसरीको धरान टोली प्रदेश १ को फुटसल छनोट प्रतियोगिताको विजेता बनेको छ । फाइनल खेलमा धरानले द राइजिंगलाई ५–४ ले हराएको हो ।
इटहरीस्थित पाथिभारा फुटसल रङशालामा सम्पन्न छनोटको अन्तिम खेलमा दुबै टोलीले निर्धारित समय ४–४ को बराबरीमा टुटुंग्यायो। निर्धारित समय बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटमा गएको थियो । पेनाल्टी शूट आउटमा धरानले द राइजिंगलाई ५–४ ले हरायो । छनोटमा कुल आठ टोलीले स्पर्धा गरेको थियो ।
फाइनलमा पुगेको दुबै टोलीले पोखरामा आगामी वर्ष हुने ए डिभिजन राष्ट्रिय फुटसल लिग २०७७ मा स्पर्धाका लागि छनोट भएको छ । लिग जेठ १ देखि २१ गतेसम्म चल्नेछ ।