बिर्तामोड, चैत ४ : कनकाई नगरपालिकामा संचालित प्रथम लिटिल आइडल कनकाईको उपाधि नेरिका राईले जित्नुभएको छ ।
सुरुङ्गा डान्स सेन्टरको आयोजनामा मंगलबार जेसिज भवनमा आयोजित कार्यक्रममा बाबाको मायालाई कसरी बर्णन गर्नुहुन्छ भन्ने निर्णायको प्रश्नको उत्तर दिदै राईले आइडलको उपाधि सहित १५ हजार नगद र ताज समेत जित्नुभयो ।
प्रतियोगितामा नवयुग शिक्षा निकेतनका ऋदम श्रेष्ठ दोस्रो र प्यारागन एकाडेमीका हर्सित गुप्ता तेस्रो हुनुभयो । उहाँहरुले समेत प्रमाणपत्र र ताज पाउनुभयो ।
प्रतियोगितामा प्यारागनकै प्रज्ञा ढुङ्गेल र प्रेक्षा बस्नेत देवकोटाकै प्राप्ति भट्टराई र नवयुगकै आयुसी खड्का फाइनल राउण्डमा पुग्नुभएको थियो । फाइनल राउण्डबाट टप थ्री छनौट गरिएको हो ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल उपप्रमुख मन्जु प्रसाई लगायतले आतिथ्यता रहेको थियो ।