चलचित्र ‘ए’ को छायाँकन सुरु

  चैत ०४, २०७७

काठमाडौं, चैत ३ : सस्पेन्स् र थ्रिलर चलचित्र ‘A’ को छायाँकन सुरु भएको छ । विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको शुभ मुर्हत गरेर छायाँकन सुरु भएको छ । कलाकार रवि गिरीले मुर्हत गर्नुभएको चलचित्रको छायाँकन काठमाडौं, बनेपा र सागाँमा हुने निर्माण टिमले जानकारी दिएको छ ।

यस चलचित्रको मुख्य भूमिकामा प्रमोद अग्रहरी, सोहित मानन्धर, छोल्टिम गुरुङ्ग, रिस्ता बस्नेत र रवि गिरी रहननुभएको छ । अन्य कलाकारमा प्रविन खतिवडा, सि.एम भारद्वाज, विकेश प्रजापति, सुरज विष्ट, समिक्षा क्षेत्री, अजित रेग्मी, विपिन कार्की र गिता विष्ट हुनुहुन्छ ।

बाल कलाकारको रुपमा जसिका घिमिरे, अभिमान सिहं बस्नेत, प्रतिक भुजेल र रुपेश थापा रहेका छन् । पटकथा तथा सम्वादमा भोमन कटुवाल र आकाश उखेडा रहनुभएको छ भने छायाँकंन मोहनकुमार झिल्लु र सम्पादनमा अनिलकुमार महर्जन हुनुहुन्छ ।
यस चलचित्रको निर्देशन भोमन कटुवालले गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया