काठमाडौं, फागुन ३ : आयुशमान घले प्रथम टिम टेनिस नेपाल जुनियर प्रिमियम टेनिस प्रतियोगिताको यु–१६ ब्वाइज एकलतर्फ क्वाटरफाइनलमा प्रवेश गर्नुभएको छ । टिम टेनिस नेपालद्वारा आयोजित प्रतियोगितामा आज भएको खेलमा घलेले श्रेयस पौडेललाई ६–२ र ६–१ अंकको सोझो सेटमा पराजित गर्नुभएको हो ।
सोही स्पर्धाको गल्र्स एकलतर्फ शुभाङ्गीलक्ष्मी शाहले प्रशंसा मोक्तानलाई ६–१ र ६–२ अंकले पराजित गर्नुभयो । यस्तै गल्स एकलतर्फ नै निमिशा ढकालले अजा रेग्मीलाई ६–१ र ६–४ अंकले, सर्वानी श्रेष्ठले आइशा गुरुङलाई ६–३ र ६–२ अंकले तथा आद्या पौडेलले इभा अधिकारीलाई ६–२ र ६–४ अंकले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्नुभयो ।
यसैगरी यु–१४ गल्र्स एकलतर्फ प्रशंसा मोक्तानले कृषा अधिकारीलाई ६–२ र ६–३ अंकले, इभा अधिकारीले समृद्धि महर्जनलाई ५–७, ६–२ र ७–५ अंकले, सुनिरा थापाले शैभी ढकाललाई ६–१ र ६–० अंकले तथा जेनी खड्काले आद्या पौडेललाई ६–३ र ६–१ अंकको सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्नुभयो ।
यस्तै यु–१२ ब्वाइज एकलतर्फ अविर श्रीवास्तवले योगेश ज्ञवालीलाई ६–२ र ६–३ अंकले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्नुभयो । ललितपुरको धापाखेलस्थित कोर्टमा आइतबारदेखि शुरु भएको उक्त प्रतियोगितामा विभिन्न उमेर समूहका १२९ खेलाडीको सहभागिता रहेको टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले जानकारी दिनुभयो ।