काठमाडौं, माघ १४ : इन्डियन प्रिमियर लिग(आईपीएल) २०२१ संस्करणको खेलाडी लिलामी फाल्गुन छ गते हुने भएको छ । भारतको चेन्नईमा खेलाडी लिलामी हुने जनाइएको छ । आईपीएलले बुधबार ट्वीट गर्दै खेलाडीको लिलामी फाल्गुन छ गते हुने जानकारी साझा गरेको हो ।
प्रिमियर लिगको आगामी संस्करणमा आठ वटा टोलि मात्रै सहभागी हुनेछन् । भारत र इंग्ल्याण्डबीचको टेष्ट श्रृखंला फेब्रुअरी १७ मा सम्पन्न हुनेछ । त्यसको भोलिपल्ट लिलामी सुरु हुनेछ । जनवरी २० मा लिगमा सहभागी हुने टोलिले यथावत राख्ने र मुक्त गरेको खेलाडीको सूची सार्वजनिक गरेको थियो ।
जस बमोजिम नेपालबाट लिगमा सहभागी हुँदै आउनुभएका एक मात्र खेलाडी सन्दीप लामिछानेलाई देल्ही क्यापिटल्सले मुक्त गरेको थियो । सन्दीप पछिल्लो संस्करणमा एक खेल पनि नखेल्दै प्रतियोगिता अबधिभरि बेञ्चमै बस्न बाध्य हुनुभयो ।