आरती थारु इन्टिग्रिटी आइकन नेपाल २०२० बाट सम्मानित

  माघ १२, २०७७

नेपालगञ्ज, माघ १२ : नेपालगञ्जस्थित एक स्वास्थ्य चौकीमा कार्यरत महिला जनस्वास्थ्य निरीक्षक इन्टिग्रिटी आइकन नेपाल २०२० बाट सम्मानित हुन सफल हुनु भएको छ । काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका १२ स्थित स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक थारुलाई इन्टिग्रिटी आइकन नेपाल २०२० बाट सम्मानित गरिएको हो ।

यस वर्ष इन्टिग्रिटी आइकनबाट सम्मानित हुनेहरुमा नेपालगञ्जकी थारु बाहेक लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख दीपक ज्ञवाली, कृषि ज्ञान केन्द्र, ओखलढुंगाका निमित्त प्रमुख बाली संरक्षण अधिकृत हेमबहादुर आले मगर, अछामको मंगलसेन नगरपालिकाकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा अधिकृत मञ्जु महत र धादिङको नीलकण्ठ उच्च माध्यामिक विद्यालय शिक्षक नविनबन्धु पहाडी रहनु भएको छ ।

भ्रष्टहरूलाई गाली वा औँला ठड्याउने मात्र हैन, इमान्दार राष्ट्रसेवक कर्मचारीको पहिचान सम्मान र सहभागितामा संयन्त्र सुधार्न सकिन्छ भन्ने उद्देश्यका साथ सन् २०१४ मा नेपालबाट सुरु गरिएको यो अभियान सातौँ संस्करणसम्म आइपुग्दा, विश्वका १२ वटा देशमा विस्तारित भइसकेको एकाउन्ट्याविलिटी ल्याब नेपालका प्रमुख नारायण अधिकारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया