काठमाडौं, माघ २ : भारतमा अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्राजेनेकाले विकास गरेको खोप ल्याउने बाटो खुला भएको छ । भारतको पुनेस्थित सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको खोप नेपाल ल्याउन औषधि व्यवस्था विभागले खोप ल्याउन स्वीकृति दिएको छ ।
भारतमा अक्सपोर्डले बनाएको सेरम कम्पनीको खोपलाई अनुमति दिएको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिनुभयो । योसँगै अब नेपालमा कोरोनाको खोप भित्राउने बाटो खुला भएको उहाँले बताउनुभयो । अब यसबाट सरकार, सरकार सरकारबीच (जीटूजी) माध्यमबाट किनेर ल्याउने र निजी कम्पनीहरुले समेत खोप ल्याउने बाटो खुला भएको केसीले बताउनुभयो ।