काठमाडौं, पुस २३ : नेपाल सङ्गीत नाट्य प्रज्ञा – प्रतिष्ठानले पृथ्वीजयन्ती मनाउने भएको छ । प्रतिष्ठानले पुस २७ गते २९९ औँ पृथ्वीजयन्तीका अवसरमा राष्ट्रभाषाका गीतको प्रस्तुति ‘हाम्रो निधि, हाम्रो संस्कृति’ नामक कार्यक्रम आयोजना गर्न लागेको छ ।
कार्यक्रममा नेपाली, लिम्बू, भोजपुरी, गुरुङ, तामाङ,, नेपालभाषालगायत राष्ट्रभाषाका गीत प्रस्तुत हुने प्रतिष्ठानका सूचना अधिकारी ध्रुव वाग्लेले जानकारी दिनुभयो । कार्यक्रमले विविधतामा आधारित नेपाली समाजलाई एकताबद्ध गर्न सहयोग पु¥याउने प्रतिष्ठानले जनाएको छ ।