काठमाडौं, पुस १९ : प्रदेश १ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट टी ट्वान्टी प्रतियोगिताको च्याम्पियन बनेको छ । उपाधिका लागि भएको खेलमा प्रदेश १ ले सशस्त्र प्रहरी टोलिलाई छ रनको झिनो अन्तरले हराउँदै उपाधि हात पार्न सफल भएको हो ।
प्रतियोगिताको विजेता प्रदेश १ ले पाँच लाख रुपियाँसहित ट्रफी हात पारेको छ । रनर अप सशस्त्रले तीन लाख रुपियाँ र ट्रफीमा चित्त बुझाउनुपर्यो । प्लेयर अफ द् सेरिज संगिता राइले २१ ह्जार रुपियाँ पुरस्कारबाट पुरस्कृत हुनुभयो । सेमीफाइनलसम्म पुगेको सुदूरपश्चिम र लुम्बिनि प्रदेशले सामान २५÷२५ हजार रुपियाँ पाउँदा बेस्ट ब्याट्सविमन ज्योती पाण्डे र बेस्ट बलर करुणा भण्डारीले सामान दश दश हजार रुपियाँबाट पुरस्कृत भइन् ।
दाङ्गको लमहीमा सम्पन्न फाइनल खेलमा प्रदेश १ ले सशस्त्र प्रहरी समक्ष १०६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाबमा सशस्त्र प्रहरीको महिला टोलिले पुरै २० ओभर खेलेपनि सात विकेटको क्षतिमा मात्र ९९ रन जोड्न सक्यो । सात ओभरमा ३२ रन बनाएर पाँच विकेट गुमाएको सशस्त्रको पारीमा ममता चौधरीले करुणा भण्डारीसँगै छैठौं विकेटका लागि ६४ रनको साझेदारी गरेर उपाधि जित्ने बाटोमा अग्रसर भएको थियो । तर ३४ रनमा चौधरी रन आउट हुँदा सशस्त्रले जितका लागि चार बलमा दश रन जोड्न सकेन । भण्डारी २६ रन बनाएर अविजित रहनुभयो ।
प्रदेश १ का लागि रुबिना क्षेत्री र अलिशा खादियाले सामान दुई दुई तथा संगिता राइले एक विकेट लिइन् । यसअघि टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको प्रदेश १ ले उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्यो । अप्सरी बेगमले सर्वाधिक ३४ रनको योगदान दिनुभयो । कप्तान रुबिनाले १८ रन बनाउनुभयो । काजल श्रेष्ठले मात्र २६ बलमा २९ रनको योगदान दिएर प्रदेश १ को योगफल २० ओभरमा चार विकेटको क्षतिमा १०५ रनसम्म पुर्याउनुभयो ।
सशस्त्रका लागि सीता राना मगरले सर्वाधिक तीन तथा करुणा भण्डारीले एक विकेट लिइन् ।