काठमाडौं, पुस १२ : अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्टको पहिलो पारीमा भारतले ८२ रनको अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिदासम्म भारतले पाँच विकेटको क्षतिमा २७७ रन बनाएको छ ।
तेस्रो दिनको खेल कप्तान अजिन्क्यै रहानले १०४ र रबिन्दर जडेजाले ४० रनको ब्यक्तिगत योगफलबाट अगाडि बढाउनेछन् । चार विकेटको क्षतिमा मात्र १७३ रन जोडेको भारतका लागि जडेजाले रहानेसँग पाँचौं विकेटका लागि १०४ रनको साझेदारी गर्नुभई ८२ रनको अग्रता दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।
भारतीय पारीमा शुबमन गिलले दोस्रो सर्वाधिक ४५ रनको योगदान दिनुभयो । ऋषभ पन्तले २९ तथा हनुमा बिहारीले २१ रन बनाउनुभयो । अष्ट्रेलियाका लागि मिसेल स्टार्क र प्याट्ट क्युमिन्सले सामान दुई दुई तथा नाथन लियोनले एक विकेट लिनुभयो ।
यसअघि भारतविरुद्धको दोस्रो टेष्टको पहिलो पारीमा अष्ट्रेलिया १९५ रनमा समेटिएको थियो । मेलबर्नमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको अष्ट्रेलियाले ७२.३ ओभरमा १९५ रनको सामान्य योगफलमा समेटियो । ३८ रनमै तीन विकेट गुमाएको अष्ट्रेलियाका लागि मार्नस लबुस्नेले ४८ रनको पारी खेलेर टोलिको योगफल १३४ सम्म पुर्याउनुभयो । ट्राभिस हेडले ३८ तथा नाथन लियोनले २० रनको योगदान दिए ।
भारतका लागि जसप्रित बुमराहले सर्वाधिक चार तथा रबिचन्द्रन आश्विनले तीन विकेट लिनुभयो । भारतका लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेको मोहम्मद सिराजले दुई तथा रबिन्दर जडेजाले एक विकेट लिए । पहिलो टेष्ट जितेर चार म्याचको टेष्ट श्रृृखंलामा अष्ट्रेलिया १–० को अग्रताको स्थितिमा छ ।