गीत गाएर विश्व रेकर्ड कायम गर्ने प्रयासमा राज्यमन्त्री मानन्धर

  पुष १०, २०७७

काठमाडौं, पुस १० : शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विश्व रेकर्ड कायम गर्न लगातार चार घण्टा गीत गाउन आयोजित कार्यक्रमको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज शुभारम्भ गर्नुभयो ।

काठमाडौँको बालाजुस्थित अष्ठनारायण हलमा भएको सो कार्यक्रममा राज्यमन्त्री मानन्धरले ६२ गीत लगातार गाएर वल्र्ड बुकमा रेकर्ड राख्न लाग्नुभएको हो । मन्त्री गुरुङले नेपालका एक राज्यमन्त्रीले लगातार चार घण्टा गीत गाउन साहस गर्नुभएकामा सराहना गर्नुभयो ।

कला र संस्कृतिमा धनी नेपाललाई राज्यमन्त्री मानन्धरले वल्र्ड बुकमा नाम लेखाएर थप चर्चामा ल्याउन गर्नुभएको कार्यप्रति मन्त्री गुरुङले खुशी व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो । उक्त कार्यक्रमका लागि बेलायतबाट पाँच निर्णायक आएको राज्यमन्त्री मानन्धरका स्वकीय सचिव जयप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया