लण्डन,पुस ३ : बीबीसी वानबाट प्रसारित मास्टरसेफ दि प्रोफेसनल्स् २०२० को उपाधि बेलायतको एसेक्सका एलेक्स वेवले जित्नु भएको छ । बिहीबार राती भएको अन्तिमप्रतिस्पर्धामा बेलायतमा बसोवास गर्ने नेपालका सन्तोष साह र नेदरल्याण्डका वार्ट भान डर लीलाई पछि पार्दै २५ वर्षिय एलेक्स मास्टर सेफको विजेता बन्न सफलहुनुभयो ।
हस्पिटालीटी क्षेत्रसँग सम्बन्धित अन्तर्राष्टियस्तरको यस प्रतियोगितामा सहभागी ३२ व्यवसायिक सेफहहरु मध्येतीन जनाले अन्तिम प्रतिस्पर्धामा आफ्नो स्थान बनाउन सफल हुनुभएको थियो । नेपाली ढाका टोपीमा देखिनु भएका ३५ बर्षिय साहले अन्तिम प्रतिस्पर्धामा चरेशको थालमा भैसीको मासु,खोले साग,भेडाको गिदीलगायतका परिकार पस्कनु भएको थियो ।
प्रतियोगिताका विभिन्न चरणमा साहले योमरी, क्रिस्पी, चिकेन चिल्ली, सी विडको अचार, भेजिटेबल अचार, खरायोको मासु,कोदोको खीर, आँपको कुल्फी आँपको अमौरा बनाएर निर्णायककको मन जित्नु भएको थियो । सेमिफाइनलको पछिल्लो चरणमा साहले नेपालको हिमाली कुइजिनबाट प्रेरित रोस्टेड काँक्राको विया,प्याजको अचार,स्याउको चटनी लगायतका परिकार बनाउनु भएको थियो । यसैगरी विभिन्न चरणमा सिस्नो र आलुको तरकारी,बेथेको साग,भांगको चटनी मकैको रोटी,तामाको अचार जस्ता नेपालका मौलिकखानाका परिकार पस्कनु भएको थियो ।
साहले लण्डनका चर्चित सेफहरुसँग प्रशिक्षण लिनुका साथै सँगै काम गरेको अनुभव छ । नेपालको सिराहाको जिल्लाको कर्जन्हा घर भएका साह सानो उमेरमै कामको खोजीमा भारत जानु भएको थियो । भारतको गुजरातमा किचन पोर्टरबाट शुरु भएको उहाँको संघर्ष भारतको पाँचतारे होटल हुँदै एक दशकअघि लण्डनका चर्चित रेष्टुरेण्टसम्म पुगेको हो ।
हाल उहाँ लण्डनको एक रेष्टुरेष्टमा हेड सेफको रुपमाकार्यरत हुनुुहुन्छ । प्रतियोगिताको फाइनलमापुग्नु भएकाअर्का प्रतिस्पर्धी ली लण्डनमै सेफको रुपमाकार्यरत हुनुहन्छ । प्रतियोगितामार्फत नेपालका विभिन्न परिकारलाई अन्तर्राष्टियस्तरमा परिचत गराउनआफु सफलभएको साहलेबताउनु भएको छ ।