काठमाडौं, कात्तिक १४ : प्रतियोगिताको प्ले अफको दौडबाट बाहिरिसकेको चेन्नई सुपर किंग्सले आफ्नो १३ औं खेलमा कलकत्ता नाइट राइडर्सलाई पराजित गरेको छ । अत्यन्त रोमाञ्चक स्पर्धामा अन्तिम दुई ओभरमा ३० रन ल्याउन आवश्यक छँदा अलराउण्डर रबिन्दर जडेजाले विष्फोटक ब्याटिंग गर्दै चेन्नईका लागि नौ बलमा २९ रन ल्याएर जित दिलाउनुभयो । हारसँगै कलकत्ताको प्ले अफ पुग्ने बाटो भने कठीन भएको छ । कमजोर नेट रन रेट रहेको कलकत्ताले १३ खेलमध्ये छ मा जित हात पारेर १२ अङ्क बटुलेको छ ।
कलकत्ताले प्रस्तुत गरेको १७३ रनको लक्ष्य पछ्याउने क्रममा ११८ रनको स्थितिसम्म मात्र एक विकेट गुमाएर चेन्नई सहज अवस्थामा थियो । तर जितका लागि ३२ रन ल्याउन आवश्यक छँदा चेन्नईले लगालग तीन विकेट गुमाएपछि दबाबमा आएको थियो । संयमित र सम्हालिएको पारी खेलेका ओपनर ऋुतुराज गाइकवडसँगै अम्बाटी रायडू र कप्तान महेन्द्र सिंह धोनी पेभेलिन फर्किदा ऊ दबाबमा आयो । शाम कर्रन र रबिन्दर जडेजाले अविजित रहँदै जित दिलाए । कर्रनले १४ बलमा १३ रन र जडेजाले ११ बलमा ३१ रनको पारी खेल्नुभयो । गाइकवडले ५३ बलमा ७२ रन तथा रायडूले २० बलमा ३८ रन बनाउनुभयो । कप्तान धोनी भने चार बलको सामना गरेर खाता खोल्दै पेभेलियन फर्किनुपर्यो ।
कलकत्ताका लागि प्याट् क्युमिन्स र वरुण चक्रवर्तीले सामान दुई दुई विकेट लिनुभयो । यसअघि दुबईमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको कलकत्ताले ओपनर नीतिश रानाको ८७ रनको सहयोगले औसत योगफल सम्म पुग्न सफल भयो । दिनशे कात्र्तिकले दश बलमा २१ रन बनाएर अविजित रहनुभयो । अर्का ओपनर शुभमन गिलले २६ रन बनाउनुभयो ।
चेन्नईका लागि लुंगि एनगिडीले सर्वाधिक दुई तथा मिसेल शान्टनर, करण शर्मा र रबिन्दर जडेजाले सामान एक एक विकेट लिनुभयो । ऋुतुराज गाइकवड प्लेयर अफ द् म्याच घोषित हुनुभयो । प्रतियोगिता अन्तगर्त आज हुने खेलमा पञ्जाबले राजस्थानको सामना गर्दैछ ।