बाजुराका कृषि सडक खुलेपछि स्थानीय उत्पादनले बजार पाए

  कार्तिक ०७, २०७७

बाजुरा कात्तिक ७ : बाजुराका नौ वटै स्थानीय तहले वर्खाले विभिन्त्र ठाउँ भत्किँएका कृषि सडक मर्मत गर्न थालेका छन् ।

बाजुराको डाब बजारदेखि जयवाग्यश्वरी,काँडा,बेलामाण्डौ देखि छेडेदह गाँउपालिकाको मौवाडी, टुनीसैन र बल्दे देखि आटीचौर हुँदै डोगडी र मार्तडी देखि कोल्टी,सम्मका कृषि सडक वर्खाको समयमा भत्किँएपछि अवरुद्ध बन्दै गएका थिए ।

अहिले स्थानीय तहले आ–आफ्नो क्षेत्रमा पर्ने कृषि सडक मर्मत गर्न थालेपछि स्थानीयलाई दशैँका बेला चामल, दाल, नुन, तेल लगायतका दैनिक उपभोग्य सामान घरमै ढुवानी गर्न निकै सहज हुने भएको छ ।

सवारी साधन चल्न थालेपछि स्थानीयलाई लामो समय सम्म सडक बन्द भएकोले जिल्लाका अधिकाशं पालिकामा दैनिक उपभोग्य सामान तथा आवत जावत गर्न निकै सास्ती खेप्दै आउनु परेको थियो ।

हिँउद चल्दै आएका सवारी साधन वर्खाको समय गाउँमा नआउन थालेपछि याहाँका स्थानीयले चर्को मुल्यमा सामान खरिद गर्नु परेको स्थानीय बलबहादुर बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो,सडक भत्किएपछि ,जयवाग्यश्वरी ,काँडाका बासिन्दालाई एक दिनको बाटो हिडेर डुगुरसैन तथा डाब बजारबाट दैनिक उपभोग्य सामान बोकेर ल्याउनु परेको थियो ।

अहिले कृषि सडक सञ्चालनमा आएपछि गाउँमा उत्पादन गरेका आलु,मुला फर्सी लगायतका तरकारी ढुवानी गरेर रिठा ,बेलामाण्डौ, साँफे बगर लगायतका ठाउँमा बिक्री गर्न सजिलो भएको बुढाले बताउनुभयो ।

त्यसै गरी वर्खामा पहिरोले सडक अवरुद्ध भएपछि पूर्विउत्तर क्षेत्रमा पर्ने स्वामीकार्ति, हिमाली, बुढीनन्दा, जगनाथ लगायत पालिकाका स्थानीयलाई दैनिक उपभोग्यका सामान खरिद गर्न दुइ दिनको बाटो हिँडेर मार्तडी आउनु परेको थियो ।

अहिले पालिका तथा सरोकारवालाको समन्वयमा स्थानीयलाई दशैँमा गाउँमै खाद्यानको पहुँच हुने गरी सडक मर्मत गरेपछि दशैँ तिहारमा सहज हुने भएको छ ।

स्थानीय लागि दैनिक उपभोग्यका समान ढुवानी गर्न सहज हुने गरी दशै तिहार अगाबैै सडक सञ्चालन ल्याउने प्रयास भइरहेको छेडेदह ५ का वडा अध्यक्ष हर्क रावत बताउनुभयो ।

तपाईको प्रतिक्रिया