बाजुरामा अन्रबालीभन्दा तरकारी खेतीतर्फ आकर्षण बढ्दो

  असोज २८, २०७७

बाजुरा असोज २८ : बाजुराको बडिमालिका नगरपालिकाको रजाली, त्रिवेणीको नगरपालिकाको पन्ताली, ढडाली बूढीगङ्गा नगरपालिकाको बाइल, भमक फुलौटलगायतका गाउँमा तरकारी खेतीमा आकर्षण बढेको छ ।

समग्रमा अन्नबाली खेती गर्नेको सङ्ख्या विस्तारै घट्दै जाँदा गाउँघरमा चाँडो आम्दानी दिने तरकारी खेतीप्रति आकर्षण रहेको हो । चाँडो आम्दानी तथा सहज बजारका कारण तरकारी खेती गरिएको त्यस क्षेत्रका कृषक बताउँछन् ।

सिगाडाका देउसु साउँद भन्नुहुन्छ,‘अन्नबाली लगाउँने चलन अहिले कम हुँदैछ, धाँन, गँहु कोदो जस्ता अन्बाली लगाउँदा धेरै दुःख गर्नु पर्ने र त्यसले ३ महिनामा पनि खान नपुग्ने भएकोले अहिले तरकारी खेतीमा लागेका हौँ ।’

बाजुराका अधिकाशं गाउँमा अन्नबाली गर्ने कृषकको सङ्ख्या दिनानुदिन घटेको पाइन्छ । गाउँमा जती राम्रो मेहनेत गरेपनि धान, गहुँ उत्पादन कम हुने र परीश्रम गरेवाफत १२ महिनासम्म खान नपुग्ने भएपछि अन्नबाली छोडेर तरकारी खेतीमा आकर्षण बढेको पाइन्छ ।

बन्दा, काउली टमाटर, रायो मुला काँक्रा , आलुलगायतका बस्तुबाट छिटो आम्दानी हुने भएकोले गाउँमा अधिकांश कृषक तरकारी खेतीमा लागेको त्रिवणी नगरपालिका कविता विष्टले बताउँनुभयो ।

लामो समय सम्म फुलोटमा तरकारी खेती गर्दै आउनु भएका देउँसु साउँद भन्नुहुन्छ, आजभोलि तरकारी खेती गर्ने क्रम बढेको छ , ।

बाजुराका बाम्का, बेतालमाण्डौ, रिठा, डाब लगायतका ठाउँमा तरकारीको राम्रो बजार हुने भएकोले अहिले यहाँका कृषक अन्नबाली छोडेर तरकारी खेतीमा लागेका हुन् ।

तपाईको प्रतिक्रिया