सोमबार १८ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री हुने

  असोज २५, २०७७

काठमाडौं, असोज २५ : नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले बिक्री गर्न लागेकोमध्ये तीन अर्बको ट्रेजरी बिल भने नयाँ हो भने १५ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल भने नवीकरण गर्न लागिएको हो ।

बैंकले कूल ३६४ दिने अवधिका लागि उक्त टे«जरी बिल बिक्री गर्न लागेको सूचनामा उल्लेख छ । बैंकका अनुसार तीन अर्बबराबरको नयाँ र १५ अर्ब २५ करोडबराबरको नवीकरण गर्न लागिएको ट्रेजरी बिल २०७८ असोज २६ गते परिपक्व हुनेछ ।

सो टे«जरी बिल बोलकबोल विधिमार्फत बिक्री गरिनेछ । यस्तै केन्द्रीय बैंकले यही असोज २० गते १० अर्बबराबरको विकास ऋणपत्र बोलकबोल गरेको थियो ।

तपाईको प्रतिक्रिया