सुनको मूल्यमा सामान्य गिरावट

  असोज १९, २०७७

काठमाडौँ, १९ असोज : नेपाली बजारमा आज पहँेलो धातु सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

आइतबार प्रतितोला रु ९४ हजार ५०० मा कारोबार भएको छापावाला सुन आज प्रतितोला रु ९४ हजार १०० मा कारोबार भएको छ ।

आइतबारको तुलनामा छापावाला सुन रु ४०० ले घटेको हो ।

यस्तै तेजाबी सुन आइतबारको तुलनामा रु ४०० ले ओरालो लागेको छ ।

आइतबार प्रतितोला रु ९४ हजारमा कारोबार भएको तेजाबी सुन आज भने प्रतितोला रु ९३ हजार ६०० मा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला रु एक हजार रु एक हजार १८० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा नै कारोबार भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ ।

तपाईको प्रतिक्रिया