दक्षिण अफ्रिकामा अन्तर्राष्ट्रिय खेलकुदको प्रतिबन्ध यथावत

  असोज ०४, २०७७

काठमाडौं, असोज ३ : दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय सीमा खोल्नु निर्णय गरेको छ । अक्टोबर एक देखि सीमित मात्रामा यात्रु प्रवेशको अनुमति खुल्ला गरिएको छ । यद्दपी अन्तर्राष्ट्रिय खेलकुद गतिविधि अझै सुरु हुने सम्भावना देखिएको छैन ।

दक्षिण अफ्रिकाले लकडाउन खुकुलो बनाउन पाँच तहको सहजीकरणको निर्देशिका तयार गरेको छ । छ महिने लकडाउनपछि पहिलो पटक पहिलो तहको सहजीकरण स्वरुप अफ्रिकी महादेशभित्र आवागमन सुचारु गर्न लागिएको हो ।

खेलकुद गतिविधि सञ्चालन तेस्रो तह अन्तगर्त राखिएको छ । परिणामस्वरुप अफ्रिकी महिला र पुरुष टोलि बाहिर भ्रमण गर्नुका साथै कुनै अर्को टोलिलाई समेत घरेलु मैदानमा आयोजना गर्न पाउने छैन् ।

तपाईको प्रतिक्रिया