बंगलादेशबाट मल ल्याउने मन्त्रिपरिषद्काे निर्णय, आजबाट प्रक्रिया शुरू

  असोज ०२, २०७७

काठमाडौं असोज २ : बंगलादेशले नेपाललाई युरिया मल  दिन तयार भएपछि सरकारले त्यो ल्याउन प्रकृया शुरु गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले बंगलादेशबाट युरिया मल ल्याउने आधिकारीक निर्णय गरेको कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुषालले बताउनुभयो ।

नेपालमा युरिया मलको अभाव भएपछि सरकारले बंगलादेशसँग ५० हजार मेट्रिक टन मल पैंचाे माग गरेको थियो । सरकारल माग गरे अनुसार बंगलादेशले सो मल दिन तयार भएपछि बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

सरकारले निर्णय गरेसँगै भोलिदेखि टेण्डर आह्वान गरेर मल ल्याउने प्रकृयामा जाने मन्त्रालयले जनाएको छ । बंगलादेशले दिएको ५० हजार टन मल नेपालले आठ महिनाभित्र फिर्ता गर्नुपर्छ मन्त्रीपरिषद्को निर्णय आइसकेपछि मल ढुवानीका लागि सातको दिनको म्याद दिइ बोलपत्र आह्वान गरिनेछ ।

सरकारबाट ठेक्का लिएका शैलुङ इन्टरप्राइजेज प्रा.लि ललितपुर र होनिको मल्टिपल प्रा.लिले तोकिएको समयमा २५–२५ हजार टन युरिया मल आपूर्ति नगरेका कारण मलको हाहाकार भएको थियो । मलको हाहाकार भएपछि कृषि मन्त्रालयले बंगलादेशबाट मल ल्याउने पहल गरेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया