काठमाडौं, भदौ ३१ : केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य बुधबार भने स्थिर देखिएको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघले आज पनि मंगलबारको मुल्यमा नै सुनचाँदीको कारोबार भैरहेको जनाएको छ ।
महासंघका अनुसार बुधबार सुनको मुल्य प्रतितोला ९७ हजार ५०० रुपियाँमा कारोबार भैरहेको हो । तेजावी सुनको मुल्य ९७ हजार रुपियाँ छ । चाँदीको मुल्य प्रतितोला एक हजार ३४० रुपियाँ तोकिएको छ । हिजो पनि यही मुल्यमा सुनचाँदीको कारोबार भएको थियो ।