बढ्न थाल्यो सुनको मूल्य

  भदौ ३०, २०७७

काठमाडौ, भदौ ३० : सुनको मूल्य बढ्ने क्रम मंगलबार निरन्तरता पाएको छ । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको हो । सोमबार र मंगलबारमात्रै सुन तोलामै एक हजार रुपियाँले बढेको हो ।

सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला ६०० रुपियाँले बृद्धि भएर ९७ हजार ५०० कायम भएको छ । सोमबार समेत सुन तोलामौ ४०० ले बढेर तोलाको ९६ हजार ९०० कारोबार भएको थियो ।
मंगलबार तेजाबी सुन पनि ६०० नै बढेर ९७ हजार रुपियाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

अघिल्लो दिनभन्दा तोलाको २० रुपैयाँ महँगिएर मंगलबार चाँदी १३ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ । केही दिन तोलाको ९६ हजार रुपियाँको हाराहारीमा कारोबार भइरहेको सुन दुई दिनयता बढ्न लगातर बढेको हो ।

तपाईको प्रतिक्रिया