तोलामा तीन सय रुपियाँले घट्यो सुन

  भदौ २३, २०७७

काठमाडौं, भदौ २३ :मंगलबार छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपियाँमा कारोबार भैरहेको छ । सोमबारको तुलनामा मंगलबार तोलामा तीन सय रुपियाँले घटेको हो । सोमबार छापावाला सुनको भाउ प्रतितोलामा ९६ हजार १०० रुपियाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपियाँमा कारोबार भएको हो ।

तेजाबी सुनको भाउ प्रतितोलामा ९५ हजार ३०० कायम भएको छ । सोमबार चाँदीको भाउ एक हजार ३०० रुपियाँ कायम गरिएको महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया