दोस्रो टी ट्वान्टीमा जितसँगै अष्ट्रेलिया विरुद्ध इंग्ल्याण्डलाई श्रृखंला

  भदौ २२, २०७७

काठमाडौं, भदौ २२ : इंग्ल्याण्डले दोस्रो टी ट्वान्टी खेलमा अष्ट्रेलियालाई छ विकेटले हराएको छ । दोस्रो टी ट्वान्टीमा जितसँगै इंग्ल्याण्डले तीन म्याचको टी ट्वान्टी श्रृखंला २–० ले जितेको छ । तेस्रो तथा अन्तिम टी ट्वान्टी खेल मंगलबार हुनेछ ।

अष्ट्रेलियाले प्रस्तुत गरेको १५८ रनको लक्ष्य इंग्ल्याण्डले खेल सकिन सात बल बाँकी छँदै मात्र चार विकेटको क्षतिमा पुरा गरेको हो । इंग्ल्याण्डको जितमा विकेटकीपर ब्याट्सम्यान एवम् ओपनर जोस बटलर अविजित रहनुहुँदै ७७ रनको उत्कृष्ट पारी खेल्नुभयो । उहाँले मात्र ५४ बलको सामना गर्दै आठ चौका र दुई छक्का लगाउनुभयो । देवीड मलानले ४२ तथा मोइन अलिले १३ रन बनाएर अविजित रहनुभयो । अष्ट्रेलियाका लागि आश्टन एल्गरले सर्वाधिक दुई तथा मिसेल स्टार्क र एडम जाम्पाले सामान एक एक विकेट लिनुभयो ।

त्यसअघि साउथम्पटनमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको अष्ट्रेलियाले कमजोर सुरुवात गर्न पुग्यो । देविड वार्नर डक आउट भएपछि अर्का ओपनर आरोन फिञ्चले संयमित पारी खेल्दै ४० रन बनाउनुभयो । मार्कस स्टोनिसले ३५ र ग्लैन म्याक्सवैलले २६ रन बनाउनुभयो । अष्ट्रेलियालाई औसत योगफलसम्म सीमित राख्न क्रिस जोर्डनले सर्वाधिक दुई तथा जोफ्रा आर्चर, मार्क ऊड र अदिल रशिदले सामान एक एक विकेट लिनुभयो । बटलर खेलको प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।

तपाईको प्रतिक्रिया