इङ्ल्याण्डलाई हराउँदै पाकिस्तानद्वारा श्रृङ्खला बराबरी

  भदौ १८, २०७७

काठमाडौँ, भदौ १७ : पाकिस्तानले तेस्रो टी ट्वान्टी खेलमा इंग्ल्याण्डलाई पाँच रनले हराएको छ । तेस्रो टी ट्वान्टी खेलमा पाकिस्तानको जितसँगै तीन म्याचको टी ट्वान्टी श्रृङ्खला १–१ को बराबरीमा सम्पन्न भएको छ । पहिलो टी ट्वान्टी खेल वर्षाले अवरुद्ध भई अनिर्णित भएको थियो भने दोस्रो इंग्ल्याण्डले जितेको थियो ।

पाकिस्तानले प्रस्तुत गरेको १९१ रनको लक्ष्य पछ्याउँदै इंग्ल्याण्डले आठ विकेटको क्षतिमा मात्र १८५ रन जोड्न सकेपछि उसले घरेलु मैदानमा हार बेहोर्नुपर्यो । इंग्ल्याण्डका लागि ओपनर टम बान्टनले ४६ रनको योगदान दिनुभयो । अर्का ओपनर डक आउट भएपछि उसले कमजोर सुरुवात गर्न पुगेको थियो । मोइन अलिले सर्वाधिक ६१ र साम बिलिंग्सले २६ रनको योगदान दिएपनि जितका लागि अपर्याप्त भयो ।

पाकिस्तानका लागि शाहीन शाह अफ्रिदी र वहाब रियाजले सामान दुई दुई तथा इमाद वसिम र हरिश रौफले सामान एक एक विकेट लिनुभयो । यसअघि म्यान्चेष्टरमा टस हारेर पाकिस्तानले ब्याटिङ गर्ने निम्ता पाएको थियो । ३२ रनमै दुई विकेट गुमाएर खराब सुरुवात गरेको पाकिस्तानका लागि हैदर अलिले मोहम्मद हफिजसँग तेस्रो विकेटका लागि १०० रनको साझेदारी गर्दै लामो योगफलको आधार तयार गर्नुभयो । हैदर ५६ रन बनाएर पेभेलियन फर्किदा मोहम्मद हफिज मात्र ५२ बलमा चार चौका र छ छक्काको सहयोगमा ८६ रन बनाएर उत्कृष्ट पारी खेल्नुभयो ।

पाकिस्तानले २० ओभरमा चार विकेटको क्षतिमा १९० रनको सम्मानजनक योगफल तयार गर्यो ।
इंग्ल्याण्डका लागि क्रिस जोर्डनले दुई तथा मोइन अलि र टम कर्रनले सामान एक एक विकेट लिनुभयो । मोहम्मद हफिज खेलको म्यान अफ द् म्याच घोषित हुनुभयो ।

तपाईको प्रतिक्रिया