तोलामा एक हजार दुई सय रुपैयाँले घट्यो सुनको भाउ

  भदौ १७, २०७७

काठमाडौँ, भदौ १७ : शुक्रबारदेखि निरन्तर उकालो लागेको सुनको भाउ बुधबार घटेको छ । पाँच दिनसम्म लगातार बढेको सुनको भाउ बुधबार एकै दिन तोलामा एक हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ तथा तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । मङ्गलबार सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको भाउ पनि यसदिन तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ३६५ रुपैयाँ निर्धारण गरिएको छ । सोमबार पनि चाँदी आजकै भाउमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया