पेट्रोलको प्रतिलिटर दुई रुपियाँ वृद्धि, एक लिटरकाे १०७ रुपैयाँ

  भदौ १६, २०७७

काठमाडौँ, भदौं १६ : नेपाल आयल निगमले पेट्रोलको मूल्यवृद्धि गरेको छ । मंगलबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपियाँ वृद्धि भएको छ । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १०७ रुपियाँ पुगेको छ ।

डिजेल, मट्टितेल, हवाई इन्धन र एल.पी ग्यासको मूल्य हाललाई यथावत राखिएको छ । नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसनबीचको स्वचालित मूल्यसूची अनुसार मंगलबार प्राप्त खरिद मूल्यका आधारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

मूल्य समायोजन पश्चात् पनि नेपाल भारतय सीमा रक्सौलसँग जोडिएको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२ रुपियाँ र डिजेल प्रतिलिटर ३६ रुपियाँ नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ । इण्डियन आयल कर्पोरेसन र नेपाल आयल निगमबीच सञ्चालन हुँदै आएको स्वचालित मूल्यसूची प्रणाली अनुसार हरेक १५÷१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने गर्दछ ।

तपाईको प्रतिक्रिया