तोलाको तीन सयले बढ्यो सुनको मूल्य

  भदौ १४, २०७७

काठमाडौं, भदौ १४ : नेपाली बजारमा सुनको मूल्य तलमाथि भैरहने क्रमले आइतबार समेत निरन्तरता पाएको छ । शुक्रबार घटेको सुनको मूल्य आइतबार तोलामा ३०० रुपियाँले बढेको छ । नेपाली बजारमा आइतबार छापावाला सुन प्रतितोला ९७ हजार २०० र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपियाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला ९६ हजार ९०० रुपियाँ रहेको थियो । त्यसैगरि चाँदीको मूल्य आइतबार स्थिर छ । आइतबार चाँदी एक हजार ३४० रुपियाँमा कारोबार भैरहेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसंगै आइतबार प्रति अउन्स एक हजार ९६२ डलरमा कारोबार भैरहेको छ ।

तपाईको प्रतिक्रिया