लिग तयारीमा रहेका चेन्नईका खेलाडी कोरोनाबाट सङ्क्रमित

  भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : इन्डियन प्रिमियर लिगको आगामी संस्करणको तयारी स्वरुप बन्द सत्र प्रशिक्षणमा रहेको चेन्नई सुपर किंग्सका खेलाडी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुले तीव्र गतिका बलर दीपक चाहर कोभिड–१९ बाट सङ्क्रमित भएको उल्लेख गरेको छ । यद्यपि प्रिमियर लिग अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले बढीमा १२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेका छन् ।

इन्डियन प्रिमियर लिगको आगामी संस्करण सेप्टेम्बर १९ देखि यूएईमा सुरु हुने निर्धारण गरिएको छ । अधिकारीहरूले अगष्ट अन्तिम साता सङ्क्रमित पाइएकोले अझै तीन साता बाँकी रहेकोले खेल तालिका प्रभावित नहुने दाबी गरेका छन् ।

पहिलो खेलमा चेन्नईले मुम्बईको सामना गर्ने तय भएपनि लिगको सबै खेलको तालिका सार्वजनिक भइसकेको छैन । खेलाडी सङ्क्रमित भएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले तालिका सार्वजनिक गर्ने कार्यतालिका ‘होल्ड’ गरेको छ ।

तपाईको प्रतिक्रिया