फ्रान्सेली मीडफिल्डर पोग्बा कोरोनाबाट सङ्क्रमित

  भदौ १२, २०७७

काठमाडौं, भदौ १२ : म्यान्चेष्टर यूनाइटेडका मीडफिल्डर पौल पोग्बा कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । फ्रान्सका व्यवस्थापक डिडियर डेसक्याम्पका अनुसार पोग्बा सङ्क्रमित भएर १४ दिनका लागि अलग्गिएका छन् ।

म्यान्चेष्टर यूनाइटेडले एक वक्तब्य जारी गरी पोग्बामा सङ्क्रमणको पुष्टि गर्दै शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । १४ दिनसम्म आइसोलेशनमा बस्नुपर्ने भएपछि पोग्बा स्वीडेनमा शनिबार, पाँच सेप्टेम्बरका लागि निर्धारित राष्ट्रिय लिग खेलमा सहभागी नहुने सुनिश्चित भएको छ । त्यसको तीन दिनपछि फ्रान्सले क्रोएशिया विरुद्ध घरेलु मैदानको खेलमा समेत पोग्बा उपलब्ध हुनुहुने छैन् ।

पोग्बाको स्थानमा फ्रान्सले १७ वर्षीय मीडफिल्डर एडुआर्डो कामाभिन्जालाई स्थान दिएको छ । डेसक्याम्पले अन्तिम १७ खेलाडीको सूचीमा अन्तिम समयमा पोग्बाको विस्थापन सच्याइएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया