बिहीबार तोलामै आठ सय रुपैयाँ बढ्यो सुनको भाउ

  भदौ ११, २०७७

काठमाडाैँ, भदौ ११ : बिहीबार सुनको मूल्य तोलामा ८०० रुपियाँले बढेको छ । केही दिनदेखि निरन्तर घटेको सुनको मूल्य बिहीबार भने बढेको छ ।

भदौ नेपाल सुन चाँदी व्यवसायी महासङ्घले बिहीबार छापावाला सुन प्रतितोला ९७ हजार ६०० रुपियाँ र तेजाबी सुन प्रतितोला ९७ हजार १०० रुपियाँ निर्धारण गरेको छ ।

बिहीबार चाँदीको भाउसमेत बिहीबार बढेको छ । बिहीबार चाँदी तोलामा ३५ रुपियाँले बढेर प्रतितोला एक हजार ३४५ कायम भएको हो ।

अन्तराष्ट्रिय बजारमा पनि बिहीबार सुनको मूल्य वृद्धि भएको छ । अन्तराष्ट्रिय बजारमा प्रति अउन्स एक हजार ९४३ डलरमा खरिदबिक्री भइरहेको छ ।

तपाईको प्रतिक्रिया