अन्तर्राष्ट्रिय क्रिकेटमा एण्डरसनको ६ सय विकेट पूरा

  भदौ १०, २०७७

काठमाडौं, भदौ १० : जेम्स एण्डरसन अन्तर्राष्ट्रिय क्रिकेटमा छ सय विकेट पुरा गर्नुहुने पहिलो तिब्र गतिका बलर बन्नुभएको छ । इंग्ल्याण्डका एण्डरसनले पाकिस्तान विरुद्धको तेस्रो तथा अन्तिम टेष्ट खेलमा आफ्नो छ सय विकेट पुरा गर्नुभएको हो ।

तेस्रो टेष्ट खेलको अन्तिम दिनमा जेम्स एण्डरसनले आफ्नो तेस्रा् ओभरको दोस्रो बलमा पाकिस्तानका कप्तान अजहर अलिलाई पहिलो स्लिपमा जोइ रुटको हातमा क्याच थमाउँदै अन्तर्राष्ट्रिय क्रिकेट जिवनको छ सयौं विकेट पुरा गर्नुभएको हो । यसअघि श्रीलङ्काका मुतैया मुरलीथरनले अन्तर्राष्ट्रिय क्रिकेटमा छ सय विकेट पुरा गर्नुभएको कीर्तिमान छ । उहाँ मुतैयाभन्दा छ बल बढी फ्याँकेर उक्त कीर्तिमानको बराबरी गर्नुभएको हो ।

वर्षाले पटक पटक अबरुद्ध भएको खेलमा पाकिस्तान खेलको अन्तिम दिन आफ्नो दोस्रो पारीमा चार विकेटको क्षतिमा १८७ रन बनायो । इंग्ल्याण्डले पहिलो पारी ८ विकेटको क्षतिमा ५८३ रनमा घोषणा गरेको थिया । पाकिस्तानले भने पहिलो पारीमा मात्र २७३ रन जोडन सक्दा ऊ २१० रनले पछाडि रहँदै फ्लो अनमा पर्यो । तेस्रो टेष्ट खेल नतिजाविहीन बन्न पुग्दा पहिलो टेष्ट म्याच जितेको इंग्ल्याण्डले श्रृखंला १–० ले जितेको छ । दोस्रो टेष्ट बराबरीमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया