मङ्गलबार तोलामा सात सयले घट्यो सुनकाे मूल्य

  भदौ ०९, २०७७

काठमाडौँ, भदौ ९ : सुनको भाउ ओरालो क्रममा त्यसले मङ्गलबार पनि निरन्तरता पाएको छ । मङ्गलबार सुनको भाउ प्रतितोला सात सय रुपियाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको भाउ तोलाको ९७ हजार २०० रुपियाँमा कारोबार हुने जनाएको छ । तेजाबी सुनको मूल्य तोलाको ९६ हजार सात सय रुपियाँ निर्धारण भएको छ ।

चाँदीको भाउ भने सोमबारकै स्थिर रहेको छ । मङ्गलबार प्रतितोला एक हजार ३२० रुपियाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ९०० रुपियाँ रहेको थियो । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको ९७ हजार चार सय रुपियाँ निर्धारण भएको थियो ।

तपाईको प्रतिक्रिया