पाक्न थाल्यो स्याउ उत्पादन भने घट्ने

  भदौ ०७, २०७७

जुम्ला, भदौ ७ : जुम्लामा स्याउ पाक्न थालेको छ । जुम्लामा कोरोनाको कहरले निषेधाज्ञा भए पनि गाउँका किसान स्याउ टिप्न र संरक्षणमा व्यस्त छन् । तर निषेधाज्ञाले आवत जावत ठप्प भएकाले बजारमा स्याउ देखिएको छैन ।

कृषि विकास कार्यालय जुम्लाले पनि भदौ १० गतेबाट मात्र स्याउ टिप्ने अनुमति दिएको छ । किसानले अघि पाक्ने स्याउ टिप्न सुरु गरेको जनाएका छन् । पछौटे स्याउ पनि पाक्ने क्रम बढ्दै रहेको किसानले बताएका छन् ।

स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख नवराज भण्डारीका अनुसार दिन प्रतिदिन जुम्लाको स्याउले दिन प्रतिदिन अहिले रङ बढिरहेको छ । जति बढी रङ आयो त्यति नै बढी रसिलो र मीठा हुँदै उहाँको भनाइ छ । यस सिजनमा जुम्लामा १२ हजार मेट्रिक टन स्याउ फल्ने पूर्वानुमान गरिए पाँच हजार एक सय मेट्रिक टन मात्र स्याउ फल्ने संशोधित अनुमान छ । स्याउमा फल कम लागेका कारण किसानलाई ठूलो घाटासमेत हुने भएको छ ।

जिल्लाको आधाभन्दा बढी क्षेत्रमा स्याउ फुल्ने समयमा तुसारो लागेपछि फल नलागेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालाकराम देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार असिनाका कारणसमेत केही प्रभाव पा-यो, अनि केही स्थानमा एक वर्ष फल्ने र अर्को वर्ष नफल्ने भएपछि यस्तो समस्या आएको हो । कृषि कार्यालयका अनुसार जुम्लामा विभिन्न १२ जातका स्याउ खेती हुने गरेको छ । यस वर्ष फुजी स्याउमा राम्रो फल लागेको छ ।  

तपाईको प्रतिक्रिया