बिमाका लागि दश लाखभन्दा बढीको निवेदन

  भदौ ०५, २०७७

वासिङ्टन, भदौ ५ : कोरोनाभाइरसको सङ्क्रमण फैलिँदै गएकाले अमेरिकामा बिमाका लागि आवेदन दिनेहरूको सङ्ख्यामा पनि वृद्धि भएको छ ।

कोरोनाका कारण काम गर्न नपाएको वा उद्योग धन्दाहरू बन्द भएकोले निरन्तर रोजगारी गुमाएर बेरोजगार भएपछि बेरोजगार बिमाका लागि निवेदन दिनुपरेको हो ।

अमेरिकामा पछिल्लो पाँच महिनादेखि बेरोजगारीको समस्या बढ्दैगएको छ भने मुलुककै आर्थिक अवस्थामा समेत असर पर्न थालेको छ ।

गत हप्ता अहिलेसम्मकै सबैभन्दा धेरै ११ लाख मानिसले बेरोजगार बिमाका लागि निवेदन दिएको समाचार वासिङ्टन पोष्टले लेखेको छ ।

यसअघि अघिल्लो हप्ता नौ लाख ७० हजारभन्दा बढीले निवेदन दिएका थिए ।

तपाईको प्रतिक्रिया