अभिषेक भारतीय फुटबल क्लबमा आबद्ध

  भदौ ०४, २०७७

काठमाडौँ, भदौ ४ : नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अभिषेक रिजाल भारतीय क्लब मोहमेदन एससीमा आवद्ध भएका छन् । मोहमेदन भारतको कोलकाताको पुरानो क्लब हो । चन्द ब्रदर्स प्रालिको पहलमा रिजाललाई दोस्रो डिभिजनको लिग खेल्ने उक्त क्लबमा तीन वर्षका लागि आवद्ध भएका हुन् ।

रिजाल एसियन कोटाबाट टोलीमा आवद्ध हुन सफल भएको चन्द ब्रदर्सका रविन्द्र चन्दले जनाकारी दिनुभयो । रिजालले पाउने पारिश्रमिकबारे भने केही खुलाइएको छैन । रिजालले यसअघि माल्दिभ्सको दोस्रो डिभिजनको क्लबबाट फुटबल खेलिसकेका छन् । उनीसित नेपाल पुलिस क्लब, मच्छिन्द्र क्लब र मनाङ मस्र्याङ्दी क्लबबाट खेलेको लामो अनुभव छ ।

आफुले पाएको अवसरको सदुपयोग गर्ने रिजालले बताउनुभयो । भारतको दोस्रो डिभिजन लिग खेलिरहेको मोहमेदन एफसीलाई लिगको शीर्ष स्थानमा पुरयाउन सक्दो मेहनत गर्ने उहाँले बताउनुभयो । कोरोना महामारीका कारण रोकिएको उक्त लिग यही महिनादेखि शुरु हुँदैछ । बन्द रंगशालामा लिग आयोजना गर्ने तयारी छ । रिजाल बिहीबार भारतको कोलकातातर्फ लाग्नुभएको छ ।

तपाईको प्रतिक्रिया