पाकिस्तान र इंग्ल्याण्डबीचको दोस्रो टेष्ट खेल बराबरीमा सम्पन्न

  भदौ ०३, २०७७

काठमाडौं, भदौ २ : पाकिस्तान र इंग्ल्याण्डबीचको दोस्रो टेष्ट म्याच बराबरीमा सम्पन्न भएको छ । खेलको पाँचौं तथा अन्तिम दिन इंग्ल्याण्डले चार विकेटको क्षतिमा ११० रन जोडेर पारी घोषणा गर्दा वर्षाले खेल प्रभाबित भएपछि ‘ड्र’ गरिएको हो ।

पाकिस्तानले आफ्नो पहिलो पारीमा २३६ रनको सामान्य योगफल तयार गरेको थियो । उसको पारीमा विकेटकीपर मोहम्मद रिजवानले सर्वाधिक ७२ तथा आबिद अलीले ६० रनको ब्यक्तिगत् योगदान दिनुभयो । बाबर आजम ४७ रन बनाउनुभयो ।

इंग्ल्याण्डका लागि स्टुअर्ट ब्रोडले सर्वाधिक चार तथा जेम्स एण्डरसनले तीन, सैम कर्रन र क्रिस वक्सले सामान एक एक विकेट लिनुभयो । जवाबमा इंग्ल्याण्डले कमजोर सुरुवात गरेको थियो । शून्य रनमा ओपनर रोरी बन्र्सको रुपमा पहिलो विकेट गुमाएको इंग्ल्याण्डको पारीलाई डम सिब्लीले ३२ तथा जक क्राउलीले ५३ रनको योगदान दिएर केही स्थिरता दिनुभयो ।

ओली पोप नौ रनको ब्यक्तिगत् योगफलमा पेभेलियन फर्किदा वर्षाले खेल पुनः प्रभाबित हुन गई इंग्ल्याण्डले चार विकेटको क्षतिमा ११० रनमा पारीको घोषणा गर्यो । दुबै कप्तान खेल ‘ड्र’ गर्न सहमत भए । पहिलो टेष्ट खेल जितेको इंग्ल्याण्ड श्रृखंलामा १–० को अग्रता लिएको छ ।

तपाईको प्रतिक्रिया