तरकारीले फेरिएको जीवन, तीन महिनामा ६ करोडको बढिको निकासी

  भदौ ०१, २०७७

सल्यान, भदौ १ : कपुरकोट गाउँपालिकाका १ कि दिलमाया घर्तिले तरकारी खेतिगर्न थालेको बाह्र वर्ष भएको छ । उहाले चार रोपनी जग्गामा टमाटर, सिमी लगायतका तरकारी लगाउदैन् आउनु भएको छ । उहाँले भन्नुभयो, तरकारी बिक्रि गरेर बार्षिक आठ लाख कमाई गरेको छु ।

कपुरकोटकै उज्जर सिङ पुनले यसबर्ष ५ रोपनीमा अदुवा खेति र पाँच रोपनीमा टमाटर खेति गरेका गर्नु भएको छ । उहाले वार्षिक ६ लाख कमाई गरेको बताउनुभयो । उहाँ कपुरकोट क्षेत्रको प्रतीनिधी पात्र हुनुहुन्छ । उहाँका अधिकांश किसान मौसमी वेमौसमी तरकारी खेतिमा सहभागि भएका छन् ।

बन्दाबन्दीले जेठको मध्यसम्म तरकारी बिक्रि नभएर समस्यामा परेका सल्यान कपुरकोटका किसानहरु तरकारीले उचित मुल्य पाएपछि अहिले दंङ्ग छन् । वेमौसमी तरकारी उत्पादनको पकेट क्षेत्रको रुपमा चिनिएको कपुरकोटमा कोरोना संक्रमणबाट जोगिन सुरक्षा सावधानी सहहित तरकारी विक्रि वितरण भैरहेको छ । कपुरकोट ३ का खडकबहादुर वलिले कोरोना भाईरसका कारण बन्दाबन्दी हुँदा तरकारी बिक्रि हुदैन कि भनेर चिन्तित हुनु भएको थियो । उहाँले भन्नुभयो अहिले तर अहिले तरकारी बजार संचालन भएपछि यहाँका किसानलाई तरकारी बिक्रि गर्न भ्याइनभ्याई छ ।

कपुरकोट कृषि उपज बजार केन्द्रमा बन्दाबन्दीको समयमा पनि २४ हजार २ सय ३२ क्विन्टल तरकारी जिल्ला बाहिर निकासी भएको छ । कोरोना भाईरसबाट जोगिन सुरक्षा सावधानी अपनाएर तरकारी बिक्रि वितरण भएको छ । कपुरकोट तरकारी बजार संकलन केन्द्रका सचिव तिलक शर्माले बन्दाबन्दीका कारण सुरुमा तरकारी विक्री नहुँदा किसान समस्यामा परेपनि अहिले भने तरकारीले उचित मुल्य पाइरहेको वताउनुभयो । उहाका अनुसा ३ महिनाको अवधिमा ६ करोड भन्दा बढिको ताजा तरकारी निकासी भएको छ ।

तरकारी ढुवानी गर्दा बाहिरी जिल्लाबाट कामदारहरु ल्याउन नपाईने र तरकारी बोक्ने गाडीको परीक्षण तथा सुरक्षित सामाग्रीको प्रयोग गरेर मात्र पठाउने कपुरकोट गाउँपालिकाले व्यवस्था गरेको छ । कपुरकोट गाउँपालिका अध्यक्ष भीमवहादुर सेनले संक्रमण नफैलियोस भनेर ब्यक्तिहरुको विवरण खुलाई गाउँपालिकामा सिफारिस गर्ने र स्वास्थ्य शाखासँग समन्वय गरेर कपुरकोट कृषिबजार संचालनमा आएको बताउनुभयो । उहाँका अनुसार किसानका तरकारी विक्रिलाई सहज वनाउन र कोरोना संक्रमणवाट वच्न आवश्यक सावधानी अपनाईएको छ ।

तपाईको प्रतिक्रिया