काठमाडौँ, साउन २२ : सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा लागू हुने गरी यो निर्णय गरिएको मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन् । साथै बेलुका सात बजेदेखि विहान सात बनेसम्म पनि सवारी उपत्यका आउन रोक लगाइएको छ ।
‘अत्यावश्यक सेवामा भने यो निर्णय लागू हुने छैन ।’ उनले भनेका छन्, ‘बिहीबारबाटै लागू हुने गरी काठमाडौं उपत्यका सहितका २ सयभन्दा बढी संक्रमित भएका जिल्लामा जोरविजोर प्रणाली लागू गर्ने पनि निर्णय गरिसकेको छ ।’