काठमाडौँ, साउन १६ : निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियन निर्वाचनकाे प्रारम्भिक तयारी शुरु भएको छ । आगामी असोज २४ गते हुन लागेकाे निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियन निर्वाचन सम्पन्न गर्न मन्त्रिपरिषद्ले न्याय सेवा कानून समूहका सह-सचिव श्री कलानिधि पौड्याललाई प्रमुख निर्वाचन अधिकृत तोकेको थियाे ।
सिंहदरवार स्थित जल तथा उर्जा आयोग सचिवालयको हलमा प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको थियाे । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन सम्पन्न गर्नको लागि आवश्यक पर्ने निर्देशिका, कार्यविधि तथा आचार संहिता निर्माणको कार्य गरिरहेको छ ।
घोषित निर्वाचनको लागि मतदाता नामावली लगायत निर्वाचन सम्बद्ध अन्य विषयहरु टुङ्गो लगाउन कार्यालयले सरोकारवाला निकाय तथा राष्ट्रिय स्तरका ट्रेड यूनियका पदाधिकारीहरुसँग छलफल एवं परामर्श गर्ने काम गरिरहेको छ ।
निर्वाचनलाई निश्पक्ष, स्वतन्त्र एवं पारदर्शी ढंगले सम्पन्न गर्नको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले आफ्ना सम्पूर्ण संयन्त्रहरु परिचालन गरिने छ। निर्वाचनले आगामी चार वर्षका लागि केन्द्रिय, विभागिय र जिल्लास्तरको आधिकारीक ट्रेड यूनियन समितको टुंगो लगाउने छ ।