काठमाडौँ, असार ३१ : बङ्गलादेश क्रिकेटका पूर्व कप्तान मशरफे मर्तजा कोभिड–१९ बाट मुक्त हुनुभएको छ । उहाँकी श्रीमति सुमोना हक भने अझै सङ्क्रमित नै हुनुहुन्छ ।
बङ्गलादेशको सत्तारुढ दल अवामी लिग पार्टीको प्रतिनिधित्व गरी सांसदसमेत रहनुभएका मर्तजामा गत जुन २० मा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएको थियो । उहाँले आफ्नो फेसबुक पेजमा सङ्क्रमित भएको बेला आफ्नो स्वास्थ्य लाभको कामना गर्नुहुने सबैलाई धन्यवाद दिनुभएको छ ।
सङ्क्रमणको पुष्टि भएपछि मर्तजा घरमै आइसोलेसनमा बस्नुभएको थियो । बङ्गलादेश क्रिकेटका दुईजना खेलाडीहरू नफीज इकबाल र नजमल इश्लाम पनि सङ्क्रमणबाट मुक्त हुनुभएको छ ।