ओली र प्रचण्डबीच डेढ घन्टा वान–टु–वान वार्ता, सहमति प्रयास जारी

  असार २४, २०७७

काठमाडौं, असार २४ : पार्टी भित्रको विवाद समाधान गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान बार्ता सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेबाट शुरुभएको बार्ता साढे ६ बजे सकिएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताउनुभयो ।

दुई अध्यक्षबीच सहमतिको विभिन्न विकल्प बारेमा छलफल भएपनि ठोस सहमति भए नभएको बारे जानकारी नभएको उहाँले बताउनुभयो । सोमबारदेखि नियमित बसिरहेको वान टु वान बार्ता सकारात्मक भइरहेकाले पार्टीका नेतामा सहमति हुने आशा पलाएको छ । शुक्रबार स्थायी कमिटीको बैठक आव्हान गरिएकाले भोलिसम्म ठोस सहमित गर्नेगरी दुई अध्यक्षबीच छलफल भइरहेको नेकपाका नेताहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया