राष्ट्रपतिसँग परामर्शका लागि प्रधानमन्त्री ओली शीतल निवासमा

  असार २०, २०७७

काठमाडौँ, असार २० : राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्शका लागि प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुग्नुभएको छ ।

नियमित भेटघाट र परामर्शका लागि प्रधानमन्त्री ओली साँझ ६ः०० बजे शीतल निवास जानुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

सचिवालयकाअनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीचको नियमित भेटघाट हो । भेटघाटमा समसामयिक राजनीतिक विषयमा समेत परामर्श हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया