काठमाडौँ, असार १९ : पार्टीमा देखिएको समस्या समाधानार्थ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बालुवाटारमा वार्ता शुरु भएको छ ।
असार १० गतेदेखि शुरु भएको स्थायी कमिटी बैठकमा नेताहरूबीच पार्टीको आन्तरिक सङ्घर्ष शुरु भएपछि त्यसलाई निकास दिनेगरी दुई अध्यक्ष वार्तामा जुट्नुभएको बालुवाटार स्रोतले बताएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साढे ११ बजे बालुवाटार पुग्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले दुवै अध्यक्षबीच वार्ता जारी छ । पछिल्लो समय दुई अध्यक्षबीच अविश्वास बढ्दै गएपछि युवा नेताहरूले ‘मिल्न’ दुवै अध्यक्षलाई दबाव दिन थाल्नुभएको छ ।