काठमाडौं, असार १६ : यूरोपेली संघले पाकिस्तानी ध्वजावाहक विमान कम्पनीमाथि छ महिनासम्म यूरोपेली आकाशमा विमान उडाउन रोक लगाएको छ । पाकिस्तानका उड्डयन मन्त्रीले एक तिहाई विमान चालकको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको बयान दिएपछि संघले यस प्रकारको निर्णय गरेको हो ।
पाकिस्तान अन्तर्राष्ट्रिय वायु निगमका प्रवक्ता अब्दुल्लाह हफिजले भने महामारीको कारण पाकिस्तानले यूरोपमा विमान नभरेको दाबी गर्नुभएको छ । उहाँले आगामी दुई महिनाभित्र ओस्लो, कोपेनहेगन, पेरिस, बार्सिलोना र मिलानका लागि विमान सेवा सुचारु गरिने दाबी गर्नुभयो । विमान चालक प्रकरणबारे बोल्नुहुँदै उहाँले दुखित बनाएको प्रतिक्रिया दिनुभयो ।
पाकिस्तान अन्तर्राष्ट्रिय उडानको विमान कराँचीमा मई २२ का दिन दुर्घटना हुँदा ९७ जना यात्रुको मृत्यु भएको थियो । उक्त दुर्घटनाको छानबीन प्रतिवेदनबारे बोल्नुहुँदै उडडयन मन्त्रीले ८६० मध्ये २६० विमान चालकको अनुमति पत्र नक्कली रहेको सदनमा जानकारी गराउनुभएको थियो ।
पाकिस्तान सरकारले लगत्तै नियमनकारी निकायका चारजना अधिकारीलाई निलम्बन गरेको छ । उनीहरुमाथि मुद्दा लगाउने तयारी गरिएको छ । प्रतिबन्ध घोषणा गर्दै यूरोपेली संघ उडडयन सुरक्षा निकायले पाकिस्तान यतिबेला विमान चालकको अनुमति पत्रलाई लिएर अन्तर्राष्ट्रिय स्तरको विमान भर्न योग्य नभएको जनाएको छ ।