वीरगञ्ज, वैशाख १४ : गत चैत २९ गते वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैयामा रहेको जामे मस्जिदमा बसिरहेका तीन जना भारतीय नागरिकमा कोरोना भाइरस पुष्टि भएसँगै हालसम्म १६० जना सङ्क्रमित भएकोमा १५४ जनाले कोरोना जितेका छन् ।
आइतबार २१ जना र शनिबार सात जना गरी दुई दिनमा २८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका हुन् ।
जिल्लामा रहेको गण्डक अस्थायी कोभिड हस्पिटलमा छ जनाको आइसोलेसनमा राखी उपचार भइरहेको वीरगञ्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले बताउनुभयो ।
हालसम्ममा दुई जना पत्रकार, आठ जना स्वास्थ्यकर्मीसमेत निको भएका छन् । सङ्क्रमितहरू अधिकांश रोजगारीका सिलसिलामा भारतबाट फर्किएकाहरू हुन् ।
वीरगञ्जस्थित नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालबाट पर्सामा आइतबार २१ जना कोरोना सङ्क्रमण मुक्त भएर डस्चिार्ज भएका छन् ।