एमसीसी, कोरोनालगायतका विषयमा छलफल हुँदै

  असार १०, २०७७

काठमाडौँ, असार १० : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको पाँचौँ बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

बैठकमा सरकारका काम कारबाही, विशेष गरी कोभिड-१९ नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा भएका काम कारबाहीका विषयमा छलफल हुनुका साथै नेपालको सीमा समस्या र समाधानका उपायलगायत विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

त्यस्तै, पार्टी एकताका बाँकी काम पूरा गर्ने तथा एमसीसीका विषयमा पनि छलफल हुने थापाले बताउनुभयो । 

तपाईको प्रतिक्रिया