सुर्खेत, असार ३ : कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण भेटिएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार एकसय चार पुगेको छ ।
सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल, पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएका परीक्षणमा कालिकोटका १४ जना र दैलेख र सुर्खेतका दुई-दुई जनामा जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै बुधबार एकै दिन एकसय ५२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छ्न् । दैलेखको महाबु गाउँपालिकामा रहेको आइसोलेशन सेन्टरबाट एकसय ६, नारायण क्याम्पसमा रहेको आइसोलेशन र जिल्ला अस्पताल दैलेखबाट ४३ जना, प्रदेश अस्पताल सुर्खेतबाट तीन जना निको भएर घर गएका हुन । योसँगै कोरोनामुक्त भएर घर जानेको संख्या कर्णालीमा चारसय ९४ पुगेको छ ।