अर्घाखाँची, असार ३ : जिल्लाकाे शीतगङ्गा नगरपालिका वडा नंं ५, जुकेनाकाे हरि माध्यमिक विद्यालयकाे क्वारेन्टाइनमा बसेका ४५ वर्षका देवबहादुर विकले आत्महत्या गर्नुभएकाे छ ।
उहाँकाे जेठ २४ गते आरडीटी परीक्षणमा काेराेना पाेजिटिभ आएकाे वडा अध्यक्ष कमल पाैडेलले जानकारी दिनुभयाे । उहाँले रुखमा झुन्डिएर आत्महत्या गरेकाे जनाइएकाे छ । नमूना सङ्कलन गरेर पीसीआर परीक्षणका लागि पठाइएकाे छ ।
उहाँ भारतबाट आएकाे २५ दिन भएकाे थिए । भारतकाे पञ्जावबाट आएर क्वारेन्टाइनमा बस्नुभएकाे हाे । हरि माविकाे क्वारेन्टाइनमा २५ जना रहेका छन ।