राज्यविरुद्ध अभियोग लागेका राष्ट्रिय फुटबल टोलीका पाँचै खेलाडी सफाइ पाए

  असार ०२, २०७७

काठमाडौं, असार २ : ‘म्याच फिक्सिङ’को आरोप लागेका राष्ट्रिय फुटबल टोलीका पूर्ब कप्तानसहित पाँच खेलाडीले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् । राष्ट्रिय टोलीका पूर्ब कप्तान सागर थापासहित अञ्जन केसी, सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र फिजियोथेरापिष्ट डेजिप थापालाई सर्वोच्च अदालतले मङगलबार सफाइ दिएको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभएको हो ।

नेपाल प्रहरीले राष्ट्रिय टोलीबाट खेल्दा म्याच फिक्सिङ गरेको दाबीसहित विशेष अदालतमा पाँचैजना खेलाडी र फिजियोथेरापिष्टमाथि राज्य विरुद्धको अपराधमा मुद्दा चलाएको थियो । नेपालमा म्याच फिक्सिङ सम्बन्धी कानुन नहुँदा छ जनैमाथि राज्य विरुद्धको अपराधको मुद्दा चलाइएको थियो ।

तपाईको प्रतिक्रिया